Wednesday, July 22, 2026
Homeप्रवासविदेशमा रहेका नेपाली स्वदेशमै फर्किने वातावरण बन्दैछ : शिक्षामन्त्री पौडेल

विदेशमा रहेका नेपाली स्वदेशमै फर्किने वातावरण बन्दैछ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन् ।

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउका हुन् ।

‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ’ उनले भने, ‘क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’

मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरे । मन्त्री पौडेले युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स पुगेका हुन् । उनी १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका