Thursday, June 4, 2026
Homeमुख्य समाचारवर्तमान सरकार सुशासन र समृद्धिका लागि गठन भएको हो– मन्त्री भट्टराई

वर्तमान सरकार सुशासन र समृद्धिका लागि गठन भएको हो– मन्त्री भट्टराई

गण्डकी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनको पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताउनुभयो ।

मन्त्री भट्टराईले वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट नभएको र कानुनी अड्चनलाई आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता हो भन्नुहुँदै उहाँले बढ्दो युवा पलायनलाई रोक्नु पनि सबै मिलेर काम गर्न जरुरी रहेको धारणा राख्नुभयो । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल गरिरहेको जानकारी दिनुहुँदै यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने धारणा उहाँले राख्नुभयो ।

 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका