Saturday, April 18, 2026
Homeदेश र प्रदेशलुम्बिनी प्रदेश सांसदहरुलाई कुनै कारबाही गरिएको छैन : महन्थ ठाकुर

लुम्बिनी प्रदेश सांसदहरुलाई कुनै कारबाही गरिएको छैन : महन्थ ठाकुर

लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कारिणी समितिबाट नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा अर्को पत्र पठाएका छन्। ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको स्मरण गराएका छन्।

ठाकुरले लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही केन्द्रीयस्तरबाट नभएको समेत पत्रमा उल्लेख गरेका छन्। ठाकुरले लुम्बिनी प्रदेश सभा संसदीय दलको बहुमतको निर्णयलाई नै मान्यता दिइने व्यहोरो समेत अवगत गराएका छन्।

हेर्नुस् विज्ञप्ति

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका