Sunday, November 8, 2026
Homeसामाचारलिपुलेकलाई व्यापारिक नाका बनाउने भारतीय–चिनियाँ हस्तक्षेपविरुद्ध विद्यार्थीको विरोध

लिपुलेकलाई व्यापारिक नाका बनाउने भारतीय–चिनियाँ हस्तक्षेपविरुद्ध विद्यार्थीको विरोध

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेपालका सीमाना अतिक्रमण गर्ने भारतीय र चिनियाँ कदमविरुद्ध सडकमा उत्रेर विरोध प्रदर्शन गरेका छन्। विशेषगरी लिपुलेकलाई व्यापारिक नाका बनाउने समझदारीले नेपालको सार्वभौमसत्ता र भू–अखण्डता माथि धक्का पुगेको भन्दै उनीहरूले कडा आपत्ति जनाएका हुन्।

शनिबार राजधानीको लैनचौरस्थित भारतीय दूतावास अगाडि भेला भएका विद्यार्थीहरूले नाराबाजी गर्दै दुवै छिमेकी मुलुकको हस्तक्षेप तत्काल रोक्न माग गरे। उनीहरूले नेपालको सीमा संरक्षण, राष्ट्रियता र स्वाधीनताको पक्षमा सरकारलाई दृढ भएर आवाज उठाउन पनि आग्रह गरे।

विद्यार्थीहरूले लिपुलेक र कालापानी क्षेत्र नेपालकै अविभाज्य भूभाग भएको दाबी गर्दै भारतीय र चिनियाँ सहमति अस्वीकार्य रहेको बताए। उनीहरूले राष्ट्रहितका प्रश्नमा सबै दल, नागरिक समाज र युवाहरू एकजुट हुनुपर्नेमा पनि जोड दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका