Saturday, November 7, 2026
Homeसामाचारलहानमा बालेन साहद्वारा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण

लहानमा बालेन साहद्वारा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले सिराहा जिल्लाको लहान नगरपालिकामा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।

कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजका लोकतान्त्रिक उपलब्धिहरू सम्भव भएको उल्लेख गरे । सहिदहरूको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय अपरिहार्य रहेको उनको धारणा थियो ।

यसअघि साहले आज बिहान जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा पुगेर नियमित हुने बिहानी आरतीमा सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका