Sunday, April 19, 2026
Homeविचित्र संसारलस एन्जलसमा एक व्यक्तिको घरको ढोकामै सिंह देखिएपछि...

लस एन्जलसमा एक व्यक्तिको घरको ढोकामै सिंह देखिएपछि…

लस एन्जलसका एक वासिन्दाले आफ्नो घर बाहिर राखेको क्यामराको फुटेजमा सिंह देखा परेको बताएका छन् । ​केभिन प्रिन्सका अनुसार उनले हालै आफ्नो हलिउड हिल्सको छिमेकमा  घुमिरहेको देखेका थिए । यो जनावर पी–२२ हो वा होइन भन्ने पत्ता लगाउन क्यामेरा सेट गर्ने निर्णय गरे । भाइरल फोटोपछि यो हिमाली सिंहले चर्चा पाएको थियो । १० वर्ष अगाडि हलिउडले  यो बिरालो आकर्षक भएको भन्ने बताएको थियो ।

‘म न्यूयोर्कको हुँ । म पिजा खाने बिरालोमा अभ्यस्त भइसकेको छु । मलाई आफ्नो अगाडि पट्टिको ढोकामा आउने गरेको सिंहमा बानी परेको छैन,’ प्रिन्सले बताए । ‘म सिमेन्टको जंगलबाट आएको हु र साहित्यिक जंगलमा प्रवेश गरेको  । यो ठाउँ क्रेजी खालको छ ।’ प्रिन्सको भिडियोमा पहाडी सिंह उनको ढोका अगाडि हिँडिरहेको देखिएको छ ।

नेशनल पार्क सर्भिसले पनि उक्त जनावर पी–२२ नै भएको पुष्टि गरेको छ । पी–२२ सामान्य रुपमा धेरैजसो समय सान्टा मोनिका माउन्टेन नेशनल रिक्रियशन एरियामा बिताउने गर्छ । तर रातीको समयमा भने यताउती भौतारिने गर्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका