Sunday, April 19, 2026
Homeदेश र प्रदेशलमजुङ भूकम्प : तनहुँमा घर भत्कियो

लमजुङ भूकम्प : तनहुँमा घर भत्कियो

दमौलीली : बुधबार बिहान लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पका कारण तनहुँमा एक घर भत्किएको छ। व्यास नगरपालिका १४ स्थित कुलुङमा एक घर भत्किएको हो।

वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार स्थानीय कृष्णबहादुर कामीको घर भत्किएको हो। उनको घरको माथिल्लो तल्ला भत्किएको छ।

घरमा १० जना सदस्य बस्दै आएका छन्।

२०७२ सालको भूकम्पले चर्किएको घर बुधबारको भूकम्पले भत्काएको हो। भूकम्प बुधबार बिहान दुईपटक गएको थियो। बिहान ५ बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केल र दोस्रोपटक ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रि भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प लमजुङका आसपासका जिल्ला तथा राजधानी काठमाडौंमा समेत महसुस गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका