Tuesday, July 14, 2026
Homeसामाचारलगातार वर्षापछि गण्डकीका चार सडक प्रभावित, तीन पूर्ण रूपमा अवरुद्ध

लगातार वर्षापछि गण्डकीका चार सडक प्रभावित, तीन पूर्ण रूपमा अवरुद्ध

पोखरा । लगातारको वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका चार प्रमुख सडक प्रभावित भएका छन्। तीमध्ये तीन सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एक सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

प्रहरीका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित बिसपानी नजिक कालिगण्डकी करिडोर सडकखण्डमा पहिरोसँगै ढुंगा र माटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका–१४, सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खसेपछि केही समय अवरुद्ध भएको सिद्धार्थ राजमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

म्याग्दीको बेनी नगरपालिका–४, घुमाउनेभीरस्थित बेनी–दरबाङ सडकखण्डमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। त्यसैगरी अन्नपूर्ण गाउँपालिका–२, नैनीभीर क्षेत्रमा पहिरो खस्दा बेनी–जोमसोम सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षायाममा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका