Saturday, November 7, 2026
Homeसामाचाररूपन्देही अदालतले रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निवेदन होल्ड गर्यो

रूपन्देही अदालतले रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निवेदन होल्ड गर्यो

काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निवेदन रूपन्देही जिल्ला अदालतले होल्ड गरिदिएको छ। अदालतले उनीविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो।

अदालतले सरकारी वकिलद्वारा पेश निवेदनमा सुनुवाइ गर्दा सर्वोच्च अदालतमा रहेको रिटको टुंगो लागेपछि मात्र निवेदन पेश गर्न आदेश दिएको छ।

महान्यायाधिवक्ता कार्यालयले लामिछानेसमेतको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग फिर्ता गर्ने निर्णय गरेको थियो। यसविरुद्ध युवराज पौडेलले माघ २ गते सर्वोच्च अदालतमा रिट हालेका थिए।

अदालतले निवेदन तत्काल फिर्ता नगरेको भए पनि रविको उम्मेदवारीमा हाल कुनै समस्या छैन। तर, सर्वोच्च अदालतले महान्यायाधिवक्ताको निर्णयमा रोक लगाएमा रविको उम्मेदवारी खारेज हुन सक्ने कानुनी व्यवस्था छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका