Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियरुस र युक्रेनबीचको आक्रमण चर्किएपछि चीनले यस्तो भन्यो

रुस र युक्रेनबीचको आक्रमण चर्किएपछि चीनले यस्तो भन्यो

काठमाडौं: चीनले रुस र युक्रेनबीचको युद्धमा संलग्न सबै पक्षलाई शान्त रहन र संयम अपनाउन आग्रह गरेको छ ।

रुसले युक्रेनको डिनिप्रो सहरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनले पनि रुसमा पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको बेला चीनले यस्तो अपील गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “युद्धविरामका लागि उपयुक्त वातावरण बनाउन सबै पक्षले वार्ता र परामर्श गर्नुपर्छ।”

लिन जियानले भने, “युक्रेन मुद्दामा चीनको अडान निरन्तर र स्पष्ट रहेको छ। हाम्रो नीति संकट समाधानका लागि राजनीतिक उपाय खोज्ने र स्थितिलाई बिग्रन नदिनु हो।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिनिप्रोमा भएको आक्रमणलाई युक्रेनी आक्रमणको जवाफ भनेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डिनिप्रोमा नयाँ ब्यालेस्टिक मिसाइलको प्रयोगलाई लिएर रुसले यो कदमले युद्धलाई थप गम्भीर बनाउँदै लगेको बताएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका