Friday, April 17, 2026
Homeअन्तराष्ट्रियरुसले युक्रेनमा सैन्य कारबाही घोषणा ?

रुसले युक्रेनमा सैन्य कारबाही घोषणा ?

बेलायत : रुस र युक्रेनबीचको तनावका कारण इन्धनको मुल्य बढेको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेसँगै तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको हो ।

राष्ट्रपति  भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा ‘सैनिक कारबाही घोषणा’ गरेसँगै तेलको मूल्य विगत सात वर्षको तुलनामा पहिलो पटक १०० डलरभन्दा माथि पुगेको बीबीसीमा समाचार छ ।

रुस र युक्रेनबीचको तनावको समाचारले एसियाली शेयर बजारमा समेत प्रभाव पारेको छ । बीबीसीको समाचार अनुसार, एसियाली शेयर बजार २ देखि ३ प्रतिसत सम्म घटेको छ । लगानीकर्ताहरु असुरक्षित महसुस गर्न थालेका छन् । सुनको भाउ समेत एक वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर र जापानी यान बलियो बन्दै गएको समेत समाचारमा बताइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका