Saturday, June 20, 2026
Homeअन्तराष्ट्रियरुसले गरेको आक्रमणबाट युक्रेनको विद्युत आपूर्ति संयन्त्र ध्वस्त: १० लाख युक्रेनी अँध्यारोमा

रुसले गरेको आक्रमणबाट युक्रेनको विद्युत आपूर्ति संयन्त्र ध्वस्त: १० लाख युक्रेनी अँध्यारोमा

काठमाडौं । युक्रेनले बुधबार राति भएको आक्रमणमा रुसले आफ्नो पावर प्लान्टलाई निशाना बनाएको बताएको छ ।

युक्रेनले रुसले देश भरी यस्ता आक्रमण गरेको जनाएको छ । “(युक्रेनको) ऊर्जा क्षेत्र फेरि ठूलो मात्रामा शत्रुको आक्रमणको चपेटामा परेको छ,” युक्रेनका ऊर्जा मन्त्री हर्मन हलुश्चेन्कोले सामाजिक सञ्जालमा पोस्टमा भने।

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणका बेला राजधानीमा रहेको वायु रक्षा प्रणालीले काम गरिरहेको बताए ।

बिहीबार बिहान युक्रेनी वायुसेनाले रुसले देशका विभिन्न ठाउँमा आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो ।

रुसको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले रातारात चार क्षेत्रमा २५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका