Friday, June 19, 2026
Homeअन्तराष्ट्रियअवैध बालुवा उत्खननको विवादमा कारमा आगजनी, तीन जनाको जलेर मृत्यु

अवैध बालुवा उत्खननको विवादमा कारमा आगजनी, तीन जनाको जलेर मृत्यु

काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित कोरिया जिल्लामा अवैध बालुवा उत्खननलाई लिएर भएको विवाद हिंसात्मक बन्दै जाँदा कारमा आगजनी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ।

घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी बिहीबार न्यायिक हिरासतमा पठाइएको छ। प्रहरीका अनुसार अन्य पाँच जना फरार रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।

कोरियाका अतिरिक्त प्रहरी उपरीक्षक सुरेश चौबेले प्रारम्भिक अनुसन्धानबाट दुवै पक्षबीच लामो समयदेखि आपसी वर्चस्वको विषयमा विवाद रहँदै आएको खुलासा भएको बताएका छन्।

घटना कोरिया जिल्लाको सोनहट प्रहरी चौकीअन्तर्गत नवगाई क्षेत्रमा भएको हो। अवैध बालुवा उत्खननको विषयलाई लिएर भएको विवादका क्रममा भाजपा नेता तथा पूर्व जिल्ला पञ्चायत अध्यक्ष भरत सिंह गहरवार सवार गाडीमा आगजनी गरिएको थियो। घटनामा गहरवारसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अभियुक्तहरूले गाडीको अगाडि र पछाडि डम्प ट्रक राखेर बाटो अवरुद्ध गरेका थिए। त्यसपछि गाडीमा पेट्रोल छर्केर आगो लगाइएको थियो, जसका कारण सवार व्यक्तिहरू बाहिर निस्कन नपाउँदै आगोमा परेका थिए।

यस घटनामा मनोज त्रिपाठी, अक्षत त्रिपाठी, विशाल त्रिपाठी र सत्यप्रकाश त्रिपाठीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका सबै अभियुक्त एकै परिवारका सदस्य हुन्।

घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका