Saturday, June 20, 2026
Homeराजनीतिमहाधिवेशन तयारीमा रास्वपा, भरतपुरमा केन्द्रीय समिति बैठक आज

महाधिवेशन तयारीमा रास्वपा, भरतपुरमा केन्द्रीय समिति बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेका छन्। बैठक आज (शनिबार) दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटेल सिमटीमा बस्ने तय गरिएको छ।

असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन बैठक बोलाइएको हो। बैठकमा महाधिवेशनको समग्र तयारी, सहभागी प्रतिनिधिहरूको व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

यस्तै, महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि पनि छलफल गरिनेछ। पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव तथा आवश्यक सुधारका विषयसमेत बैठकको कार्यसूचीमा समावेश गरिएको छ।

रास्वपाले राष्ट्रिय महाधिवेशनलाई संगठन सुदृढीकरण र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका