काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुमपूर्व–१ मा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छन्।
सुरुवाती चरणको मतगणनामै प्रचण्डले उल्लेखनीय मतान्तरसहित अग्रता बनाएका छन्। रुकुमपूर्व–१ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


