काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।
रास्वपाले खरेललाई ललितपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्बाट ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन् ।



