Thursday, May 7, 2026
Homeराजनीतिराष्ट्रिय स्वतन्त्र पार्टी द्वारा संसदीय दल गठन प्रस्ताव पारित

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा संसदीय दल गठन प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

केन्द्रीय समिति बैठकपछि संसदीय दलको बैठक बस्ने र त्यसले दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका