Thursday, October 29, 2026
Homeराजनीतिराष्ट्रियसभामा आज ‘चलचित्र विधेयक, २०८१’ पेश हुँदै

राष्ट्रियसभामा आज ‘चलचित्र विधेयक, २०८१’ पेश हुँदै

काठमाडौँ, २८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभामा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारित गर्न सभासमक्ष पेश गर्ने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम पनि रहेको छ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका