Saturday, November 7, 2026
Homeसामाचार‘राष्ट्रपति पौडेल: अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा राज्य गम्भीर होस्’

‘राष्ट्रपति पौडेल: अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनमा राज्य गम्भीर होस्’

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिसम्बन्धी संवैधानिक र कानुनी प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आज जारी सन्देशमा उनले अपांगताको आधारमा हुने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूको समान, सम्मानजनक र अर्थपूर्ण सहभागितामा संविधानले विशेष संरक्षण दिएको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले भने, “नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादापूर्वक जीवनयापन गर्ने अधिकार र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच सुनिश्चित गरेको छ। संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने अपेक्षा राखेको छ।”

उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहेका अपांगता भएका व्यक्तिलाई पहिचान गरी राज्यका सबै सुविधा र अवसरमा समान पहुँच कायम गर्नु आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

त्यस्तै, कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिरलगायत सरकारी, सार्वजनिक तथा निजी संरचनामा अपांगता भएका व्यक्तिको आवश्यकताअनुसार मैत्रीपूर्ण भौतिक संरचना र वातावरण तयार गर्नु आजको अनिवार्य आवश्यकता भएको उनको टिप्पणी छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका