Saturday, November 7, 2026
Homeसामाचारराष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनमा दुख व्यक्त

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको निधनमा दुख व्यक्त

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू गहिरो रूपमा मर्माहत भएको बताएका छन्।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो सन्देशमा, प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले पटक–पटक अथक प्रयास गरेको स्मरण गर्दै, अकस्मात् जोशीको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।

उहाँले विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, दुःखको यस घडीमा शोकाकूल परिवारजन र सबै शुभेच्छुकमा समवेदना प्रकट गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका