Friday, July 31, 2026
Homeसामाचारराष्ट्रपतिद्वारा तराई–मधेशको अवस्थाबारे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

राष्ट्रपतिद्वारा तराई–मधेशको अवस्थाबारे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो परिस्थितिबारे प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झा सँग छलफल गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपालमा सदियौँदेखि कायम सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल का अनुसार छलफलमा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको सहकार्य आवश्यक रहेको विषयमा जोड दिइएको थियो।

छलफलका क्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादव ले वर्तमान विषम परिस्थितिको समाधानका लागि सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सर्वसाधारणलाई साथमा लिएर प्रभावकारी ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका