Sunday, November 8, 2026
Homeसामाचारराजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग अर्थमन्त्रालय मातहतमा

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग अर्थमन्त्रालय मातहतमा

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय मातहतमा ल्याएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयको जानकारी दिएका हुन्।

सन् २०१८ (२०७५ साल) मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी विभागहरूलाई प्रधानमन्त्री कार्यालय मातहतमा सारेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका