Wednesday, June 17, 2026
Homeराजनीतिरवि लामिछानेलाई बिहान३ बजे पोखरा पुर्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

रवि लामिछानेलाई बिहान३ बजे पोखरा पुर्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

काठमाडौँ: सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्र्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै हिजो राति शुक्रबार काठमाडौँबाट पक्राउ गरी लामिछानेलाई सडकमार्ग हुँर्द आज बिहान ३ बजे पोखरा पुर्याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका