Wednesday, June 17, 2026
Homeराजनीतिप्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिनेछन् जवाफ

प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिनेछन् जवाफ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

कार्यसूचीअनुसार युवा तथा खेलकुद, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेट शीर्षकमाथि भएको छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले प्रस्तुत गर्नेछन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित विषय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिने कार्यसूची रहेको छ।

विनियोजन विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित आजको बैठकमा मन्त्रालयगत बजेट र कार्यक्रमबारे विस्तृत जवाफ तथा स्पष्टीकरण प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका