काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएको छ। रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरिएपछि सोमबार उनको स्वास्थ्य परीक्षण गरिएको हो।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार चिकित्सकहरूले लामिछानेको स्वास्थ्य अवस्था सामान्य नभएको बताएका छन्।
ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादवको नेतृत्वमा थप स्वास्थ्य परीक्षण भइरहेको र लामिछानेलाई आवश्यक उपचार प्रक्रियामा लगिएको छ।
भैरहवा कारागारमा रहँदा लामिछानेलाई कोठाभित्रै थुनिएको, हावा–पानी नपाएको र अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।


