काठमाडौँ: पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सरकारी वकिल कार्यालय, काठमाडौँमा सकिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा आज बिहानदेखि लामिछानेको बयान लिइएको थियो। आइतबार बयानलाई निरन्तरता दिने गरी आजको बयान प्रक्रिया समाप्त भएको जनाइएको छ। लामिछाने सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतको अनुमति अनुसार कार्तिक २ गते पक्राउ परेका थिए।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएको थियो। उनलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको थियो।


