Monday, June 29, 2026
Homeसामाचाररविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

लामिछानेको तर्फबाट उनकी पत्नी निकिता पौडेलले गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन्। निवेदनमा रविलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न दिन अनुरोध गरिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो। लामिछाने हाल भैरहवा कारागारमा रहेका छन्।

उक्त प्रतिवेदन आएपछि सर्वोच्च अदालतले उच्च अदालतले दिएको आदेशमाथि छलफल गर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका