Tuesday, September 1, 2026
Homeअन्तराष्ट्रियरक्षामन्त्री हटाउने जेलेन्स्कीको निर्णयविरुद्ध युक्रेनमा विरोध प्रदर्शन

रक्षामन्त्री हटाउने जेलेन्स्कीको निर्णयविरुद्ध युक्रेनमा विरोध प्रदर्शन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने निर्णय गरेपछि युक्रेनमा विरोध प्रदर्शन भएको छ।

बिहीबार बिहान राजधानी कीभसहित विभिन्न शहरहरूमा नागरिक, विशेषगरी युवाहरू, सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले “फेडोरोभबाट टाढा रहनुहोस्”, “विजयमा बाधा पुर्‍याउन बन्द गर” लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए भने “लाज लागोस्” भन्दै सरकारको निर्णयको विरोध गरेका थिए।

फेडोरोभलाई हटाउने निर्णयले नागरिक समाजका अगुवा तथा केही सांसदहरूले समेत असन्तुष्टि जनाएका छन्। उनीहरूले युद्धका बेला रक्षा नेतृत्व परिवर्तनले देशको सुरक्षामा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले भने सुरक्षा सेवाका कार्यवाहक प्रमुख मेजर–जनरल येभेनी ख्मारालाई कार्यवाहक रक्षामन्त्रीमा नियुक्त गरेका छन्।

नियुक्तिबारे प्रतिक्रिया दिँदै जेलेन्स्कीले ख्मारासँग आधुनिक तथा प्राविधिक युद्ध सञ्चालनको व्यापक र धेरै क्षेत्रमा अभूतपूर्व अनुभव रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा उनको नेतृत्व आवश्यक रहेको बताएका छन्।

युक्रेन–रुस युद्ध जारी रहेका बेला रक्षा मन्त्रालयको नेतृत्व परिवर्तनले देशभित्र राजनीतिक र सुरक्षा सम्बन्धी बहसलाई थप तीव्र बनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका