Saturday, November 7, 2026
Homeसामाचारयुवा आदानप्रदान कार्यक्रमका प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्कीको भेट

युवा आदानप्रदान कार्यक्रमका प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं । युवा आदानप्रदान कार्यक्रमअन्तर्गत दक्षिण एसियाली राष्ट्रका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्की सँग शिष्टाचार भेटघाट गरेका छन्। प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग बालुवाटार मा भेट गरेको हो।

प्रतिनिधिमण्डलमा भारत बाट २० सदस्यीय टोली, पाकिस्तान बाट १२ सदस्यीय टोली, भुटान बाट ९ सदस्यीय टोली तथा मालदिभ्स बाट ५ सदस्यीय टोली सहभागी रहेका थिए।

प्रधानमन्त्री कार्कीले कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी तथा युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन्।

विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता भएका युवाहरू उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय सेवा दल नेपाल ले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब ७ हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर र सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको जनाएको छ।

नेपालले मित्र राष्ट्रहरूका सेवा दलसँग पारस्परिक रूपमा युवा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बंगलादेश, सिंगापुर र श्रीलंका लगायत मुलुकसँग हुने भ्रमणमा सहभागी गराइँदै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका