Friday, May 1, 2026
Homeविचित्र संसारयुवकले एकैपटक ९ महिलासँग विवाह गरे, कारण यस्तो

युवकले एकैपटक ९ महिलासँग विवाह गरे, कारण यस्तो

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउनका लागि सामुहिक विवाह गरेका छन् । उनले एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् । विवाह साओ पाउलो शहरको एक क्याथोलिक चर्चमा भएको हो । आर्थरले पहिलो विवाह लुआना काजकीसँग विवाह गरेका थिए । लुआनाले आर्थरलाई एकपटक ‘कुकुर’ लाई झैं घाँटीमा फित्ता बाँधेर रेलवे स्टेशनमा लगेकी थिइन् ।

डेली स्टारका अनुसारअब स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए । यसअघि आफ्नो पहिलो विवाहपछि आर्थ र लुआनाले क्याप डी’एगडेमा आफ्नो हनिमुनको तस्बिर सेयर गरेका थिए जसमा दुबै नग्न थिए । यो फोटो निकै भाइरल भएको थियो ।

आर्थर र लुआना दुबैले शहरका विभिन्न पर्यटकीय स्थलमा पूर्ण रुपमा नग्न भएर यात्राको आनन्द उठाएका थिए । उनीहरु यसअघि पनि संसारका केही ‘उदार स्थान’ मा नग्न भएर घुमेका कारण पनि चर्चामा आइसकेका छन्

यस वर्ष फेब्रुअरीमा पनि यो जोडीले ध्यान आकर्षित गरेकाे थियो किनभने उनीहरुले अरुलाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गरेर ओन्लीफ्यान्समा प्रति महिना ५६ लाख कमाइरहेको बताएका थिए । महामारीका बेला आर्थर र लुआनाले ती मानिसलाई आफनो सेक्स टिप्स साझा गरे जसको यौन जीवन राम्रो चलिरहेको थिएन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका