Tuesday, May 26, 2026
Homeसामाचारयुट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर

युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर

पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।

युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख भन्दा धेरै भिडियो उत्पादकहरुलाई युट्युबले विज्ञापनको पैसा प्रदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार युट्युबर अर्थात् डिजिटल सर्जकहरुलाई पछिल्लो तीन वर्षमा मात्रै ३० अर्ब डलर भन्दा धेरै रकम भुक्तानी गरिसकिएको छ । उक्त रकम विज्ञापन, वस्तु तथा सेवा र अन्य सर्भिस फिचरहरु बापतको हो ।

एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्- विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।

युट्युबले विज्ञापनबाट हुने कमाई सम्बन्धित युट्युब च्यानललाई पनि बाँड्ने कार्यको थालनी सन् २००७ बाटै गरेको थियो । तर त्यतिबेला भिडियोहरुमा विज्ञापन देखाउने कुरामा व्यवस्थित नियमन थिएन ।

जस्तोसुकै भिडियोहरुमा पनि आफ्ना विज्ञापन देखाइएको भन्दै विज्ञापनदाताहरुले युट्युब बहिस्कार गर्न थालेपछि युट्युबले भिडियोहरुमा विज्ञापन प्रदर्शन गर्ने कुरालाई व्यवस्थित बनाउँदै लगेको छ ।

सन् २०१८ मा युट्युबले दर्शकको निश्चित संख्या तथा विभिन्न नीति नियम र मापदण्ड तय गर्दै त्यसरी विज्ञापनको पैसा कमाउन सक्ने युट्युब च्यानलको संख्यामा नाटकीय रुपमा कटौती गर्‍यो ।

अहिले फेरि त्यस्तो मापदण्ड पूरा गर्ने र गुगलबाट पैसा कमाउन सक्ने युट्युब च्यानलहरुको संख्या बढ्दै ग्एको छ । युट्युबका अनुसार उसको विज्ञापन कार्यक्रमका लागि योग्य हुने युट्युब च्यानलको संख्या सन् २०२० मा दोब्बर भएको छ ।

हुनत युट्युबका सर्जकहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि फेसबुक, टिकटक तथा स्पटीफाइ लगायतका विभिन्न टुल्स र भुक्तानीका अफरहरु ल्याइरहेका छन् । तर उनीहरु त्यसमा खासै सफल भएका छैनन् ।

फेसबुकले त डिजिटल सर्जकलाई आफूतर्फ आकर्षित गर्नका लागि सन् २०२३ सम्ममा सर्जकले गर्ने आम्दानीमा कुनै कमिसन नलिने घोषणा गरेको छ ।

युट्युबले भने कुनैपनि भिडियोमा हुने विज्ञापनको बिक्रिबाट आएको रकमको ४५ प्रतिशत आफुले लिन्छ । यो नियममा तत्काल परिवर्तन गर्ने कुनै योजना नभएको मोहन बताउँछन् ।ब्लुम्बर्गबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका