इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनले जमेको इटालियन तालको अलौकिक सी तस्बिरका लागि वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड सन् २०२१ प्रदान गरिएको छ । उनको यो तस्बिर हराइरुहेका साथीमाथि समर्पित छ ।
क्रिस्टियानोलाई जिलाउने यी तस्बिरलाई ३१ हजार ८०० भन्दा बढीले मन पराएका छन् । यी वन्यजन्तु प्रेमीले अनलाइन भोटिङमार्फत् शर्टलिस्ट गरिएका २५ तस्बिरमध्ये क्रिस्टियानोको तस्बिरलाई भोट दिएका हुन् ।
यस प्रतियोगिताका लागि संग्रहालयले ९५ देशबाट आएका ५० हजार तस्बिरमध्ये २५ वटालाई छानेको थियो ।
सन् २०१९ मा उत्तरी इटलीको सेन्टा क्रोस तालको भ्रमण गर्दा वेन्द्रामिनलाई यसको सुन्दरताले यति प्रभावित गरेको थियो कि उनले आफ्ना एक साथीलाई सम्झिए । यी साथीलाई यो विशेष स्थानसँग निकै प्रेम थियो तर अब उनी यस संसारमा छैनन् ।
वेन्द्रामिन भन्छन्, ‘मलाई यस्तो लाग्छ कि एक शान्त, स्थिर र स्वस्थ जीवनका लागि प्रकृतिसँग दैनिकको सम्बन्ध हुनुपर्छ ।’
उनी थप्छन्, ‘नेचर फोटोग्राफीले हामीलाई यो सम्बन्धलाई स्मरण गराउनका लागि आवश्यक छ । यसलाई हामीले निकै जतन गरेर राख्नुपर्छ । यसको यादमा हामी सधैँ हराउन सक्छौँ ।’
अमेरिकी फोटोग्राफर आशलेग मेकर्डको तस्बिर ‘शेल्टर फ्रम द रेन’
नेचुरल हिस्ट्री म्युजियमका निर्देशक डगलस गर्र भन्छन्, ‘क्रिस्टियानोका तस्बिरले हाम्रो जीवनमा प्रकृतिको सकारात्मक प्रभावको असर देखाउँछ ।’
उनले भने, ‘पछिल्ला दुई वर्षले हाम्रो जीवनमा मानिस र उत्कृष्ट वातावरण कति महत्वपूर्ण छ भनेर प्रमाणित गरिसकेको छ ।’
उनी भन्छन्, ‘मलाई आशा छ जसले जमेको यो ताललाई देख्नेछन्, उनीहरुले प्रकृतिसँग जोडिने इच्छा र महत्व बुझ्नेछन् । हामी सबैले यो बचाउनका लागि काम गर्नुपर्छ । ’
अन्तिम चरणमा प्रवेश गरेका तस्बिरको पनि निकै प्रशंसा भइरहेको छ । यी पाँचै तस्बिर लण्डनको नेचुरल हिस्ट्री म्युजियममा ५ जुनसम्म वाइल्डलाइफ फोटोग्राफी अफ द इयर प्रदर्शनमा राखिएका छन् ।
केन्याको मासाई मारा नेशनल रिजर्भको भ्रमणमा जाँदा आशलेगले भाले सिँहको एउटा जोडीको यो तस्बिर खिचेका थिए ।
तस्बिर खिच्नु अघि उनी अत्यधिक वर्षा नभएसम्म त्यहाँ नै बसिरहे । भारी वर्षाका कारण दुबै सिंह निकै मुश्किलले देखिरहेका थिए ।
नेदरल्याण्डको जेरोएन होकेन्डिज्कोको भालु र चिलको तस्बिरः
कालो भालुका बच्चा धेरैजसो रुखमा चढ्ने गर्छन् र आमाले खाना नल्याएसम्म त्यहाँ सुरक्षित रुपमा बस्ने गर्छन् ।
अलास्कामा आननको घना जङ्गलमा भालुको सानो बच्चाले एउटा चिलको निगरानीमा निदाउने सोच्यो ।
चिल यो रुखमा घण्टौँसम्म बसिरह्यो र भालुको बच्चा सुतिरह्यो । जोरोएनलाई यो दृश्य असाधारण लाग्यो र उनले कुनै ढिला नगरीकन यसलाई क्यामरामा उतारे ।
क्यानडाका एनी म्याकआर्थरको डढेलोका बीच आशाको किरण झल्काउने तस्बिरः
न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको जङ्गलमा फैलिएको विनाशकारी डढेलाको कारण प्रभावित जनावरको कहानीबारे थाहा पाउन जो एनी सन् २०२० को सुरुवातमा अष्ट्रेलिया पुगिन् ।
त्यहाँ उनले खैरो कंगारुलाई आफ्नो बच्चासँग भिक्टोरियामा मलाकूटा नजिकै देखिन् । यो कंगारु ती जनावरमा समावेश थियो जसले डढेलोबाट आफ्नो ज्यान बचाउन सकेका थिए ।
चीनको कियांग गुओको डान्सिङ इन द स्नोः
चीनको शान्क्सी प्रान्तमा लिशान नेचर रिजर्भमा कियांगले दुई गोल्डन फेजन्ट लगातार एउटा रुखको हाँगामा आफ्नो स्थान फेरिरहेको थियो । उनीहरुको व्यवहार बरफमा एउटा नृत्य जस्तै थियो ।
यी पंक्षी मूल रुपमा चीनमा पाइन्छन् । यहाँ उनीहरु पहाडी क्षेत्रमा घना जङ्गलबीच बस्छन् ।
यी पंक्षीको रङ चम्किलो भएपनि स्वभावले उनीहरु लजालु हुन्छन् र कहिले काँही मात्रै उडिरहेको देखिन्छन् । यी पंक्षी आफ्नो धेरैजसो समय निकै अग्ला रुखमा जानका लागि मात्रै उड्छन् ।


