Tuesday, April 21, 2026
Homeकोरोना बिशेषयस्ता जनप्रतिनिधि : जो संक्रमितलाई आफैँ बोकेर अस्पताल पुर्‍याउँछन्

यस्ता जनप्रतिनिधि : जो संक्रमितलाई आफैँ बोकेर अस्पताल पुर्‍याउँछन्

धरान : यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यहरुले छुन डराइरहेका छन्। संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले बिना उपचार अकालमा ज्यान गुमाउनु परेको छ। यस्तै अभावका बीच खोटाङका एकजना जनप्रतिनिधि कोरोना संक्रमितको उपचारका लागि उदाहरणीय बनेर सबैको मन जित्न सफल भएका छन्।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफैँ बिरामी बोकेर संक्रमितहरुलाई अस्पताल पु¥याइरहेका हुन्। उनले गरेको उदाहरणीय कार्यको सर्वत्र प्रशंसा भइरहेको छ भने जनप्रतिनिधिले महामारी तथा विपदका बेला पूरा गर्नुपर्ने कर्तव्य पूरा गरेको बताइएको छ।

७ वटा वडा रहेको गाउँपालिकामा प्रत्येक बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिए पश्चात गाउँपालिकामै २५ बेडको कोभिड अस्पताल सञ्चालन गरी उपचार सुरु गरिएको छ। अहिलेसम्म गाउँपालिकामा १०९ जनालाई संक्रमण पुष्टि भइसकेको अध्यक्ष राईले बताए। संक्रमितमध्ये १६ जना निको भएर डिस्चार्ज भइसकेका छन्।

धेरै स्थानमा गाडी नपुग्ने भएकाले संक्रमित भएको थाहा पाउने बित्तिकै उनी घरमै गएर बिरामीलाई अस्पताल भर्ना गर्ने गरेको उनले बताए। आफूजस्तै नर्स र चिकित्सकहरूको मनोबल बढाउन समेत स्वास्थ्य मापदण्ड अपनाई हिँड्न नसक्ने वृद्धवृद्धालाई आफैले बोकेर बाटोसम्म पु¥याउने र अस्पता लाने गरेको उनले बताए।

अध्यक्ष राईले पालिकाका सम्पूर्ण जनताको स्वास्थ्य सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताए। साथै सबै संक्रमितलाई उपचार गरेर सकुशल घर फिर्ता गर्ने प्रतिबद्धता गरे।

अस्पतालमा संक्रमित बिरामीहरुको उपचारका लागि एक एमबिबिएस डाक्टर, दुई स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, र ल्याब टेक्निसियनलाई परिचालन गरिएको छ।  संक्रमितको उपचारका लागि आवश्यक श्रोत, साधन र अक्सिजनको पूर्ण व्यवस्थापन गरिएको अध्यक्ष राईले बताए। साविकका टेम्मा, याम्खा, डाँडागाउँ, छितापोखरी र छोरम्बु बतासे गाविसलाई समावेश गरी दिप्रुङ चुईचुम्मा  गाउँपालिका बनाइएको थियो।

गाडी नपुग्ने स्थानमा आफैँ गएर संक्रमितलाई बोकेर अस्पतालसम्म ल्याएर उपचार गर्ने अध्यक्ष राईको मानवीय कार्यले जिल्लामा उच्च प्रशंसा पाएको स्थानीय वासिन्दासमेत रहेका नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीले बताए।  उनले अध्यक्ष राईले जस्तै अन्य स्थानीय निकायका जनप्रतिनिधिहरुले समेत यस्तै कार्य गरे धेरैको ज्यान सुरक्षित हुने विश्वास व्यक्त गरे।अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका