Friday, July 3, 2026
Homeसामाचारमौसम पूर्वानुमान : यी प्रदेशहरुमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौँ:जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायु सक्रिय रहेको छ।

यस प्रणालीको प्रभावस्वरूप कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम मुख्यतः सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसोको पूर्वानुमान अनुसार:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र अन्य उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

रातिको मौसमको पूर्वानुमान:
लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका