Sunday, November 8, 2026
Homeसामाचारमौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतः बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।

मौसम पूर्वानुमान अनुसार, देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।

भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावनाका कारण ती क्षेत्रका नदीहरूको जल सतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम रहन सक्ने भएकाले महाशाखाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने असुविधा, जोखिम वा क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका