Saturday, May 2, 2026
Homeकला/साहित्यमोहन मैनालीको निबन्ध सङ्ग्रह ‘आकाशमुखी’ सार्वजनिक

मोहन मैनालीको निबन्ध सङ्ग्रह ‘आकाशमुखी’ सार्वजनिक

लेखक एवम् पत्रकार मोहन मैनालीले अनुवाद गरेका निवन्धहरुको संग्रह ‘आकाशमुखी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित एक समारोहमा हरि शर्मा, सगुना शाह र अनुवादक मैनालीले पुस्तकको संयुक्त रूपमा लोकार्पण गरे।

मैनालीका निवन्ध सङ्ग्रहमा बुकर टी. वाशिङ्टन, जर्ज बर्नार्ड शअ, सर रिचर्ड लिभिङस्टोन, सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड, भर्जिनिया उल्फ, साइभिय द मेस्थ्र, बेन जोन्सन, अल्दस हक्स्ले, फ्रान्सिस बेकन र जे.बी.एस. हल्देनका निबन्ध छन्। बोनसमा रिस्तो मिनेन्स्कीको एउटा कथा पनि राखिएको छ।

अनुवादक मैनालीले पुस्तकमा समेटिएका निबन्धहरू फरक खालको विचार, संस्कार, परम्परा र भाषा भएका मानिसले लेखेका निबन्ध पढ्दा नेपाली पाठकलाई फाइदा पुग्ने सोचेर परदेशी निबन्धहरू अनुवाद गरेको बताए ।

बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको पेपरब्याक संस्करणको मूल्य ३३३ रुपैयाँ राखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका