दमौली (तनहुँ), १३ भदौः मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजार क्षेत्रमा कालोपत्र कार्य सुरु भएको छ । ३९ किलोमिटर लम्बाइको यस खण्डमध्ये हालसम्म ३६.८ किलोमिटर कालोपत्र भइसकेको र बाँकी भागमा तीव्रगतिमा काम भइरहेको सडक योजनाका प्रमुख कृष्ण कँुवरले जानकारी दिए ।
उनका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, तनहुँको शुक्लागण्डकी नगरपालिका–दुलेगौंडा, कास्कीको विजयपुल र पोखरा विश्वविद्यालय आसपासमा अझै कालोपत्र गर्न बाँकी छ ।
१२ पुलमध्ये १० पुल निर्माण सम्पन्न भइसकेका छन् भने एक सय कल्भर्टमध्ये ९२ वटा निर्माण सम्पन्न भएको छ । सात अर्ब ४० करोड लागतमा सुरु भएको यो सडक खण्ड आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


