Sunday, November 8, 2026
Homeसामाचारमुग्लिन–नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन–नागढुंगा सडकखण्डको पहिरो पन्छाइयो, मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौँ– मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएपछि यातायात पुनः सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ। शनिबार बिहान ५ः५५ बजे खसेको पहिरो तत्काल हटाइएपछि सवारी साधन सञ्चालनमा आएका हुन्।

यता मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा पनि शनिबार बिहान पहिरो खस्दा सडक एकतर्फी सञ्चालनमा आएको छ। हाल सो खण्डमा निरन्तर वर्षा भइरहेका कारण अझै पहिरोको जोखिम कायमै रहेको सडक डिभिजनले जनाएको छ।

सडक डिभिजनले यात्रु र चालकलाई अतिरिक्त सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका