Monday, May 4, 2026
Homeमनोरन्जन‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए ।

त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की विजेता साहना बज्राचार्य छानिएकी छन् । ‘मिस नेपाल युनिभर्स २०१८’की विजेता मनिता देवकोटा भने प्रतियोगीताको प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोगी चयन भएकी छन् ।

अमेरिकाको उतर भेगमा रहने नेपाली युवतीहरुको सहभागीता रहने प्रतियोगीताका करिब डेढ दर्जन प्रतियोगी अहिले प्रशिक्षणमा छन् । सहभागीका लागि प्राप्त तीन दर्जन बढी आवेदन मध्येबाट प्रारम्भिक छनौटमा छानिन सफल प्रतियोगी मात्र प्रशिक्षणमा जुटेका हुन् ।

प्रतियोगिताको विजेता आगामी ७ अगस्त २०२१ मा आयोजना हुने अन्तिम प्रतिस्पर्धाबाट छानिने छ । जसमा शिर्ष सहित उपविजेता समेत घोषणा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका