Sunday, November 8, 2026
Homeसामाचारमिस एण्ड मिस्टर कल्चर इन्टरनेशनल’मा नेपाललाई दुई उपाधि

मिस एण्ड मिस्टर कल्चर इन्टरनेशनल’मा नेपाललाई दुई उपाधि

काठमाडौंँ — इन्डोनेसियामा सम्पन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर कल्चर इन्टरनेशनल’ मा नेपालले दुई उपाधि जित्दै गर्विलो सफलता हासिल गरेको छ।

नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी विवेक दनुवारले ‘मिस्टर टिन कल्चर इन्टरनेशनल’ तर्फ सेकेन्ड रनरअप को उपाधि प्राप्त गरे भने दिपशाखा रुम्बा तामाङले ‘मिस कल्चर इन्टरनेशनल’ तर्फ थर्ड रनरअप को उपाधि जितिन्।

४० देशका प्रतियोगी सहभागी उक्त प्रतियोगितामा दुवै नेपाली प्रतिनिधिले नेपालका कला, संस्कृति र परम्परागत भेषभूषाको आकर्षक प्रस्तुति गरेका थिए। प्रतियोगिता १८ देखि २१ जुनसम्म इन्डोनेसियामा सम्पन्न भएको हो।

प्रतियोगिताको तयारीका क्रममा उनीहरूले कोरियोग्राफर रोजिन शाक्यसँग विभिन्न प्रशिक्षण लिएका थिए। नेपाली प्रतिनिधिलाई प्रतियोगितामा सहभागी गराउन निर्देशक प्रमिला सिलवालले संयोजन गरेकी थिइन्। प्रतियोगीहरूको ड्रेस डिजाइन सजिना बिष्ट र समिक्षा लामिछानेले गरेका थिए।

यो सफलता अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान र प्रतिभाको प्रभावशाली प्रस्तुति भएको भन्दै आयोजक र सहभागीहरूले खुसी व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका