Monday, May 4, 2026
Homeमनोरन्जनमिस्टर इन्डियाद्वारा आत्महत्या प्रयास, अभिनेता साहिल खानमाथि लगाए विभिन्न आरोप

मिस्टर इन्डियाद्वारा आत्महत्या प्रयास, अभिनेता साहिल खानमाथि लगाए विभिन्न आरोप

मिस्टर इन्डिया तथा बडी बिल्डर मनोज पाटिलले आत्महत्याको कोसिस गरेका छन् । मनोज पाटिल हाल कूपर अस्पतालमा भर्ना छन्, उनको उपचार भइरहेको छ । मनोज पाटिलले एक सुसाइड नोट लेखेको भारतीय सञ्चार माध्यमले बताएको छ । यसमा उनले अभिनेता साहिल खानमाथि विभिन्न आरोप लगाएका छन् ।

साहिल खानमाथि यस्ता आरोपः

८ सेप्टेम्बरमा मनोज पाटिलले साहिल खानविरुद्ध ओशिवारा प्रहरी स्टेशनमा एक लिखित ऊजुरी दर्ता गरेका छन् जसमा साहिल खानले आफूलाई तनाव दिइरहेको उनले लेखेका थिए । तर प्रहरीले कुनै कारवाही अघि नबढाएपछि उनले बुधबार राती निद्राको औषधी खाएर आत्महत्या गर्ने कोसिस गरेको जानकारीमा उल्लेख छ ।

हिन्दुस्तान टाइम्सको खबर अनुसार मनोज पाटिलको जन्म सन् १९९२ मा भएको हो । मनोज पाटिल जब २४ वर्षका थिए तब उनले मिस्टर इन्डियाज मेन्स फिजिक ओभरअल च्याम्पियनशीपको उपाधि  जितेका थिए । इन्स्टाग्राममा मनोजका ४ लाख फलोअर्स छन् । उनले आफूलाई खेलाडी, ड्रिमर, चेजरको रुपमा इन्स्टाग्राम बायोमा वर्णन गरेका छन् । उनले सन् २०१९ मा इन्टरनेशनल फेडरेशन अफ बडिबिल्डिङको उपाधि जितेका थिए । त्यसपछि उनी चर्चामा आएका थिए । मनोज एक चर्चित मोडल, बडी बिल्डर, एथलिट र ट्रेनर हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका