Wednesday, May 6, 2026
Homeसामाचारमालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’, अध्यादेशबाट नाम परिवर्तन

मालपोत कार्यालय अब ‘भूमि प्रशासन कार्यालय’, अध्यादेशबाट नाम परिवर्तन

काठमाडौँ । जग्गा प्रशासनसम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन भई अब ‘भूमि प्रशासन कार्यालय’ राखिएको छ।

सरकारले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत मालपोत ऐनजग्गा (नापजाँच) ऐन मा संशोधन गर्दै ‘मालपोत’ शब्दलाई ‘भूमि प्रशासन’ मा रूपान्तरण गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब जग्गा रजिस्ट्रेसन, नामसारी, दाखिल–खारेज, रोक्का तथा फुकुवा जस्ता महत्त्वपूर्ण सेवाहरू सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाबाट समेत गर्न सकिनेछ।

यसैगरी भूमिसम्बन्धी ऐन मा संशोधन गर्दै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै भूउपयोग ऐन मा संशोधन गरी स्थानीय भूउपयोग परिषद्लाई आवश्यक ठानेमा एकपटकका लागि भूउपयोग परिवर्तन गर्न सक्ने अधिकार प्रदान गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका