Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियमानसिक स्वास्थ्यमा ध्यान दिन बेन स्टोक्सले लिए आराम

मानसिक स्वास्थ्यमा ध्यान दिन बेन स्टोक्सले लिए आराम

इङल्यान्डका अलराउन्डर बेन स्टोक्सले भारतविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन् । उनले सबै खाले क्रिकेटबाट अनिश्चिकालका लागि विश्राम लिने घोषणा गरेका गरेका छन् ।
आफ्नो औंलाको चोटबाट निको हुन र मानसिक स्वास्थमा ध्यान दिनका लागि उनले यस्तो निर्णय लिएको जनाएका छन् । उनले गत गृष्ममा पाकिस्तानविरुद्ध इङल्यान्डका दुईवटा टेस्ट म्याच गुमाए । यस समय उनी न्युजिल्यान्डमा परिवारसँगै थिए । ब्रेन क्यान्सरबाट थलिएका उनका बाबुको गत डिसेम्बरमा मृत्यु भयो ।

त्यसपछि पछिल्लो गृष्ममा उनले औंलाको चोट पनि सामना गरिरहेको परेको छ । यसबीच अन्तर्राष्ट्रिय तथा व्यवसाहिक क्रिकेटमा उनी निरन्तर व्यस्त भएका थिए ।

इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अर्को सातादेखि सुरु हुने भारतविरुद्धको पाँच टेस्टको सिरिजमा स्टोक्स उपलब्ध नहुने जानकारी गराएको छ । उनको साटो क्रेग ओभरटन टिममा संलग्न हुनेछन् ।
भविष्यमा फेरि स्टोक्स टोलीमा फर्केको र उत्कृष्ट खेलेको हेर्ने आशा व्यक्त गरिएको इसिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका