Sunday, April 19, 2026
Homeअपराध र घटनामाछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

इटहरी : माछा मार्ने क्रममा करेन्ट लागेर इटहरीका एक दम्पतीको मृत्यु भएको छ। उदयपुरको रौता गाउँपालिका घर भई इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमती २२ वर्षीया सर्मिला राईको मृत्यु भएको हो।
इटहरी वडा नं. १९ र २० को सिमानामा पर्ने खर्साला खोलामा करेन्टको प्रयोग गरी माछा मार्न खोज्दा मृत्यु भएको हो।

स्थानीय फनिर्चर उद्योगमा काम गर्दै आएका उनीहरु रातको समयमा ३ वर्षकी छोरी सुताएर माछा मार्न घरबाट निस्केको वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए।
दुवैको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका