Sunday, November 8, 2026
Homeसामाचारमल अभाव नहोस् भनेर सरकारको विशेष ध्यान : प्रधानमन्त्री ओली

मल अभाव नहोस् भनेर सरकारको विशेष ध्यान : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भए सम्बन्धित निकायलाई खबर गर्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्रीका अनुसार, कृषि मन्त्रालयले तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र थप एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको जानकारी दिएको छ।

कृषि सामग्री कम्पनीमा मौज्दात
कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ। यसमध्ये युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन, र पोटास ४ हजार ९१५ मेट्रिक टन रहेको प्रधानमन्त्रीले बताएका छन्।

साल्ट ट्रेडिङ कम्पनीमा मौज्दात
साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ। यसमध्ये युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन, र पोटास १ हजार ७८५ मेट्रिक टन रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका