Saturday, November 7, 2026
Homeसामाचारमन्त्री घिसिङ: नेपालमै उत्पादन र रोजगारीको वातावरण बने युवाहरू विदेश जान्नन्

मन्त्री घिसिङ: नेपालमै उत्पादन र रोजगारीको वातावरण बने युवाहरू विदेश जान्नन्

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन बढाएर रोजगारी सिर्जना गर्न सके युवाहरू विदेश पलायन हुन नपर्ने बताएका छन्।

राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै मन्त्री घिसिङले नेपालमा नै पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारको भूमिका महत्वपूर्ण हुने बताए। “नेपालमा हामीले चाहेको सबै गर्न सक्छौं, यहाँ नै स्वर्ग छ,” उनले भने, “नेपालमै उत्पादन हुने लोकल मटेरियल प्रयोग गरेर घर बनाउन सके अनुसन्धान र पूँजी देशभित्रै रहन्छ।”

उनले घर, गाडी जस्ता वस्तु स्वदेशमै उत्पादन र संयोजन गर्न सक्ने वातावरण सरकारले तयार पारे युवाहरू विदेश जानुपर्ने बाध्यता हट्ने बताए। “यदि नेपालमै घर र गाडी जोड्न सक्ने वातावरण बन्यो भने युवाहरू बाहिर जान्नन्,” उनले जोड दिए।

मन्त्री घिसिङले नेपाली युवाको आधारभूत सपना सानो घर, साधारण गाडी, शिक्षा र स्वास्थ्य भएको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखी राज्यले आधारभूत नीतिका रूपमा सहुलियत ऋण र सुविधा उपलब्ध गराउनुपर्ने बताए। “सरकारले यस्ता नीतिगत व्यवस्था गरे युवाहरू नेपालमै बस्ने सम्भावना बढ्छ,” उनले भने।

यसैक्रममा उनले आउँदै गरेको निर्वाचनमा सही व्यक्ति छनोट गर्न आग्रह गरे। मन्त्री घिसिङका अनुसार सक्षम र इमानदार नेतृत्व नआएसम्म देश विकास, समृद्धि र सुशासनको मुद्दा ओझेलमै पर्छ। “देशले अब डेलिभरी खोजेको छ। डेलिभरी दिन सक्ने नेतृत्वलाई जिताउनुपर्छ,” उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका