Thursday, May 7, 2026
Homeराजनीतिमन्त्रिपरिषद्को पहिलो बैठकका ४ निर्णय—कार्की आयोगको प्रतिवेदन कार्यान्वयनदेखि १०० कार्यसूची स्वीकृति

मन्त्रिपरिषद्को पहिलो बैठकका ४ निर्णय—कार्की आयोगको प्रतिवेदन कार्यान्वयनदेखि १०० कार्यसूची स्वीकृति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको स्रोतले जनाएको छ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ। आजै बसेको पहिलो बैठकले उनलाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा चयन गरेको हो।

प्रवक्ता पोखरेलका अनुसार भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गौरीबहादुर कार्की को अध्यक्षतामा गठित आयोगले पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय समेत गरिएको छ।

मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय:

१. वि.सं. २०८२ भदौ २३ र २४ गते ज्यान गुमाएका ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने।
२. शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने।
३. सरकारको शासकीय सुधारका लागि ‘१०० कार्यसूची’ स्वीकृत गर्ने।
४. भदौ २३ र २४ गतेका प्रदर्शन घटनाबारे गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगले पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने तथा त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका