Sunday, November 8, 2026
Homeसामाचारमनसुनजन्य जोखिम न्यूनीकरणका लागि कास्कीमा सवारी आवागमनमा समय तालिका लागू

मनसुनजन्य जोखिम न्यूनीकरणका लागि कास्कीमा सवारी आवागमनमा समय तालिका लागू

पोखरा, कास्की । गण्डकी प्रदेशअन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिम न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा सार्वजनिक तथा निजी सवारीसाधनका लागि समय तालिका लागू गर्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी सात दिनसम्म अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनमा समय तालिका लागू गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो।

यस वर्षको मनसुन सक्रिय रहेको र निरन्तर वर्षाका कारण बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सावधानीस्वरूप यस्तो व्यवस्था गरिएको प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

निर्धारण गरिएको समय तालिका:
काहुँखोलादेखि सिक्लेसतर्फ जाने सवारीसाधन
– साँझ ५:०० बजेभित्र प्रस्थान बिन्दुबाट छुट्नुपर्ने।

सिक्लेसदेखि काहुँखोलातर्फ फर्कने सवारीसाधन
– बिहान ५:०० बजेपछि मात्र यात्रा सुरु गर्न पाइने।

यसअघि असार २५ गतेदेखि लागू गरिएको सूचना अनुसार, वीरेठाँटीदेखि घान्द्रुक, वीरेठाँटीदेखि उल्लेरी, र लुम्ले हुँदै लान्द्रुक जाने सवारीसाधनका लागि पहिले निर्धारण गरिएका नियम यथावत् रहने जनाइएको छ।

ती मार्गहरूमा सञ्चालन हुने सवारीसाधनहरूले
– बिहान ५:०० बजेपछि मात्र यात्रा सुरु गर्न पाउने,
– साँझ ५:०० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने व्यवस्था यथावत् छ।

काहुँखोलादेखि ताङ्तिङतर्फ जाने सवारीसाधन
– बिहान ५:०० बजेपछि मात्र यात्रा सुरु गर्न मिल्ने,
– साँझ ४:३० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका कायम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सवारीसाधन सञ्चालक, यात्रु तथा सम्बन्धित सरोकारवालाहरुलाई तोकिएको समय तालिकाको पूर्ण पालना गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका