काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसको प्रभावले देशभर सामान्यतया बदली भएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।


