Saturday, August 8, 2026
Homeराजनीतिमध्यरातमा प्रधानमन्त्री शाहको अर्थपूर्ण सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’

मध्यरातमा प्रधानमन्त्री शाहको अर्थपूर्ण सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मध्यरातमा सामाजिक सञ्जालमार्फत अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सही समय आउन केही ढिलाइ भए पनि परिणाम गलत नहुने धारणा व्यक्त गरेका छन्। उनले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने संकेतसमेत गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’

त्यसैगरी, परिस्थितिसँग जुध्ने क्रममा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले भनेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

प्रधानमन्त्री शाहले यस्तो सन्देश कुन विषय वा परिस्थितिलाई लक्षित गरेर दिएका हुन् भन्नेबारे भने स्पष्ट खुलाएका छैनन्। उनको पछिल्लो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा भने यसको अर्थ र सम्भावित राजनीतिक सन्दर्भबारे विभिन्न अड्कलबाजी र चर्चा सुरु भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका